त्रिशूली नदी किनारमा पुरुषको शव फेला, रसुवाबाट बगाएको आशंका

लोकपथ
399
Shares

चितवन। चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोला स्थित त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अन्दाजी ४५ देखि ५० वर्ष उमेरका देखिने पुरुषको शव आज बिहान त्रिशूली किनारमा फेला परेको हो । शवको केही अंगहरु नभएको अवस्थामा फेला परेको र अहिलेसम्म पहिचान हुन नसकेको प्रहरी प्रमुख गोविन्द पुरीले जानकारी दिए ।

शव गत मंगलबार रसुवामा आएको बाढीले बगाएको व्यक्ति हुन सक्ने अनुमान गरिएको छ। यद्यपि औपचारिक रूपमा पुष्टि भइनसकेको र पहिचान खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

शवलाई परीक्षण तथा आवश्यक प्रक्रिया पूरा गर्न भरतपुर अस्पताल पठाइएको छ। प्रहरीको टोलीले घटनास्थल वरपरको क्षेत्रलाई सुरक्षा दिँदै अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?