सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन पारित

लोकपथ
126
Shares

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले आफ्नो २३औँ वार्षिक प्रतिवेदन पारित गरेको छ । 

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले २३औँ वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो । 

समितिले गरेका काम कारबाहीहरुको वार्षिक प्रतिवेदन सदनमा पेस गर्ने उद्देश्यले प्रतिवेदन पारित गरिएको समिति सभापति ऋषिकेश पोखरेलले बताए । 

उनकाअनुसार प्रतिवेदनमा बेरुजु फर्छ्यौटका कामहरू तथा समितिले समसामयिक विषयहरूमा गरेका निर्णयहरू प्रतिवेदनमा उल्लेख गरिएको छ । 

समितिको २३औँ वार्षिक प्रतिवेदन यही असार ३१ गते सदनमा पेस गर्ने समितिको तयारी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?