काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेकी छन् ।
सरकारले लामिछानेप्रति प्रतिशोध देखाएको आरोप लगाउँदै रास्वपाले सञ्चालन गरेको हस्ताक्षर संकलन अभियानमा कोइरालाको सहभागीता भएको हो ।
हस्ताक्षर गरेपछि प्रतिक्रिया दिँदै कोइरालाले आफू कुनै राजनीतिक दलमा आबद्ध नरहेको बताउँदै नागरिकको हैसियतले अन्यायविरुद्ध आवाज उठाएको स्पष्ट पारिन् ।
‘म कुनै पनि पार्टीमा आबद्ध छैन’, उनले भनिन्, ‘एउटा आम नागरिकको नाताले राज्यबाट अन्याय र दुर्व्यवहार भइरहेको छ, त्यसको विरोध गर्न आएकी हुँ ।’
उनले लामिछानेमाथि राज्यले अनुचित व्यवहार गरेको बताउँदै भनिन्, ‘जसले पनि समाचार हेरिरहेका छन्, बुझिरहेका छन्, पक्कै पनि रविमाथि दुर्व्यवहार भइरहेको छ ।’
रास्वपाले सरकारको रवैयालाई ‘राजनीतिक प्रतिशोध’ भन्दै लामिछानेको पक्षमा हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया