सिन्धुलीमा ४ भूकम्प पीडितको मृत्यु

सिन्धुली– सिन्धुलीमा गएराती भएको जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ फिक्कल गाउँपालिका ४ मा बा ७ च ३६९५ बोलेरो जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ जिप्रका सिन्धुलीका प्रहरी उपरीक्षक टिकाबहादुर केसीका अनुसार मृत्यु हुनेमा फिक्कल ४ का ४० वर्षीय अमरबहादुर दर्लामी, अन्दाजी सोही उमेरका रामप्रसाद बराल, ५९ वर्षीय दिलबहादुर र ६० वर्षीय नरबहादुर बलमपाखी रहेका छन् । उनीहरु भूकम्प पीडितको राहत बोकेर घर फर्किँदै थिएदुर्घटनामा ७ जना घाइते भएको र तीमध्ये एक जनाको राजधानीस्थित विएण्डबी अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ उकालोमा ब्रेक फेल भएर सो दुर्घटना भएको बताइएको छ । प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?