काठमाडौं । नेपालले आगामी अक्टोबरमा ओमानमा हुने आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्र छनोटमा समूह ‘२’ बाट प्रतिस्पर्धा गर्ने भएको छ।
नेपालसहित समूह ‘२’ मा कुवेत र जापान रहेका छन्। यस क्षेत्रीय छनोटमा कुल ९ टोली सहभागी छन्, जसलाई तीन समूहमा विभाजन गरिएको छ। समूह ‘१’ मा युएई, मलेसिया र कतार छन् भने समूह ‘३’ मा आयोजक ओमान, पपुवा न्यूगिनी र सामोआ रहेका छन्।
तीनवटै समूहबाट शीर्ष दुई टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्। त्यसपछि सुपर सिक्समा उत्कृष्ट तीन टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने टी–२० विश्वकपमा स्थान बनाउनेछन्।
नेपालले छनोट प्रतियोगितामा अक्टोबर ८ मा कुवेतविरुद्ध पहिलो खेल खेल्नेछ भने दोस्रो खेल जापानविरुद्ध अक्टोबर १० मा हुनेछ। प्रतियोगिता अक्टोबर ८ देखि १७ सम्म चल्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया