काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले बैंर्कर र व्यवसायी छुट्टाउने भए कुलिङ पिरियड राखिनुपर्ने बताएकी छन् ।
अर्थ समितिमा बिहीबार भएको बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयकमाथिको छलफलमा बोल्दै सांसद गौतमले यस्तो बताएकी हुन् ।
उनले राज्यले कुनै व्यवस्था गर्दै गर्दा उद्योग–व्यवसायीको सम्पत्तिको क्षति नहुनेगरि व्यवहारिक हिसाबले लिनुपर्ने बताए । बैंकर र व्यवसायी छुट्याउने भए कुलिङ पिरियड अनिवार्य रूपमा ३ वर्ष राख्नुपर्ने उनले बताइन ।
सांसद गौतमले भनिन् ,‘सबैको चासो बैंकर र व्यवसायी छुट्टाउनेमा छ । यदि छुट्याउने हो भने ३ वर्षको समय दिनुपर्छ । जसबाट उद्योगी, व्यवसायीहरूले सम्पत्ति व्यवस्थापन गर्न सकुन् ।’
उनकाअनुसार बैंर्कर र व्यवसायी छुट्टाउँदा स्वार्थको द्वन्द अन्त्य हुनसक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया