चन्द्र भण्डारीको आरोप : ‘अनुशासनको नाममा प्रतिशोध, कांग्रेसको निर्णय बेमौसमी बाजा’

लोकपथ
2.1k
Shares

रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टीले हालै गरेका अनुशासन कारबाहीहरूलाई ‘प्रतिशोधको अभिव्यक्ति’ र ‘बेमौसमी बाजा’को संज्ञा दिएका छन् ।

बिहीबार एक धारणा सार्वजनिक गर्दै भण्डारीले नेताहरूमाथि गरिएको निष्कासन र निलम्बनप्रति गम्भीर आपत्ति जनाएका हुन् । उनले कारबाही तत्काल फिर्ता लिन माग गरेका छन् ।

‘यो अनुशासनको नाममा प्रतिशोधमात्र हो,’ भण्डारीले भने, ‘आफ्नै पसल बन्द गराएर छिमेकीको पसल चलाउने रणनीति हो। पोहोर मरिन् सासू, अहिले आए आँसु यो त बेमौसमी बाजाजस्तै निर्णय हो ।’

उनले कारबाहीको प्रक्रिया र निर्णयमा निष्पक्षता र पारदर्शिता नरहेको आरोप लगाए। ‘राजनीतिक विवेक गुमाउने निर्णयहरू पार्टीका लागि हितकारी हुँदैनन्,’ उनले चेतावनी दिए, ‘अनुशासनको नाममा गरिएको यो प्रतिशोध तत्काल फिर्ता गरिनुपर्छ ।’

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले हालै स्थानीय, प्रदेश र संघीय निर्वाचनमा पार्टी तथा गठबन्धनका उम्मेदवारलाई असहयोग गरेको आरोपमा डेढ दर्जनभन्दा बढी नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ ।

तर इतर पक्षले ती कारबाही पक्षपातपूर्ण र प्रतिशोध प्रेरित भएको आरोप लगाउँदै आएको छ। असन्तुष्ट समूह छुट्टै बैठक बसेर निर्णयको विरोधमा धारणा बनाउने र आगामी रणनीति तय गर्ने प्रक्रियामा जुटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?