वीरगञ्ज । पौडी सिक्न गएका एक बालकको डुबेर मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका–११ रानीघाट निवासी ९ वर्षीय बजरङ्गी रौनियारको बुधबार साँझ मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रका अनुसार बालक वीरगञ्जस्थित एक होटलको तेस्रो तलामा रहेको स्विमिङ पुलमा पौडी प्रशिक्षणका लागि गएका थिए ।
प्रशिक्षणका क्रममा डुबेर अचेत भएका बालकलाई तत्काल नारायणी अस्पताल पुर्याइएको थियो। अस्पतालले उनलाई साँझ मृत घोषणा गरेको हो ।
प्रहरीका अनुसार घटना सम्बन्धमा स्विमिङ प्रशिक्षक र जीवन रक्षकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ। एसपी मिश्रले भने, ‘अनुसन्धानका लागि प्रशिक्षक र जीवन रक्षकलाई निगरानीमा राखिएको छ ।’
बालकको मृत्युपछि स्थानीय क्षेत्रमा शोक छाएको छ भने पौडी प्रशिक्षणमा लापरबाही भएको आशंका गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया