काठमाडौं । भारतको पश्चिमी राज्य गुजरातमा बुधबार एक पुरानो पुल भत्किँदा कम्तीमा ९ जनाको ज्यान गएको छ भने ६ जनाभन्दा बढी घाइते भएका छन्।
चार दशक पुरानो गम्भीरा नदीमाथिको पुलको एक हिस्सा भत्किएपछि त्यहाँबाट गुडिरहेका सवारी साधन नदीमा खसेका थिए। घटनास्थल राज्यको आनन्द र बडोदरा शहरहरूबिचमा पर्छ जहाँ सम्पर्क मार्ग अवरुद्ध भएपछि आवागमनमा समेत व्यापक असर परेको छ।
प्रहरीका अनुसार नदीबाट नौ जनाको शव निकालिएको छ। घाइतेहरूलाई तत्काल उद्धार गरी स्थानीय अस्पतालहरूमा उपचारका लागि भर्ना गरिएको छ। दुर्घटनाको कारण यथार्थमा के थियो भन्ने विषयमा अनुसन्धान थालिएको जनाइएको छ।
पुल भत्किनुका कारणबारे विस्तृत विवरण आउन बाँकी भए पनि त्यसको जिर्ण अवस्था र समयमै मर्मत नहुनु प्रमुख कारण हुनसक्ने अनुमान गरिएको छ। घटनाले स्थानीय पूर्वाधार सुरक्षाको सवालमा गम्भीर प्रश्न उठाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया