राप्ती नदीको टापुमा फसेका तीन जनाको सकुशल उद्धार

लोकपथ
189
Shares

काठमाडौ । बाँकेको राप्तीसोनारी गाउँपालिका-५ गोरधुईस्थित राप्ती नदिमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ । बाढीले नदीको बीच भागमा फसेका उनीहरूलाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो ।

उद्धार गरिएका व्यक्तिहरूमा ५२ वर्षीय मानसिंह धामी, ६९ वर्षीय लीलबहादुर खत्री र ५० वर्षीय ससु वली रहेका छन् । तीनै जनाको अवस्था सामान्य रहेको स्थानीय प्रशासनले जानकारी दिएको छ।

गाईवस्तु चराउन गएका बेला नदीमा एक्कासी पानीको सतह बढेपछि उनीहरू नदीको टापुमा फसेका थिए । जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ शंम्शेरगञ्ज बाँकेबाट खटिएको गोताखोर टोलीसहितको सुरक्षा फौजले उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकालेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?