‘चीनसँग सूचना आदानप्रदानको अभावले नेपालमा विपद्को समस्या आउँछ’

लोकपथ
91
Shares

काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्का जोखिम न्यूनीकरणका लागि छिमेकी मुलुक चीनसँग स्थायी समन्वय आवश्यक रहेको बताएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले चीनसँग सूचना आदानप्रदानको अभावले नेपाल सधैँजसो विपद्को जोखिममा रहने बताए । नले भने, ‘चीन र हाम्रो बीचमा सूचना आदानप्रदान (इन्फरमेसन एक्सचेन्ज) नहुने हो भने हामी जतिबेला पनि दुर्घटनाको संघारमा छौँ ।’

भट्टका अनुसार हाल नेपालको आफ्नै पूर्वसूचना प्रणाली (अर्ली वार्निङ सिस्टम) कार्यरत रहेको भए पनि त्यो पर्याप्त छैन । चीनसँग सहकार्य गर्दै प्रणालीलाई अझ प्रभावकारी बनाउने दिशामा काम भइरहेको उनले बताए ।

प्राधिकरण युएनडिआरआर (UNDRR) सँग सहकार्य गरी प्रस्ताव तयार गर्ने चरणमा रहेको जानकारी पनि भट्टले दिए । उनका अनुसार, विपद् कहिले र कहाँ हुन्छ भन्ने ठ्याक्कै भन्न नसकिए पनि समयमै पूर्वसूचना जारी गर्न सकेमा जनधनको क्षति कम गर्न सकिने विश्वास प्राधिकरणले लिएको छ ।

उनले जोड दिए, ‘चीनसँग स्थायी समन्वय जारी राख्नुपर्छ। अर्ली वार्निङको हाम्रो प्रणालीले काम गरिरहेको छ तर अझ विस्तार गर्न जरुरी छ ।’

प्राधिकरणले मनसुनको समयमा पहिरो, बाढी र डुबानजस्ता प्राकृतिक विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सम्पूर्ण सरकारी तथा निजी क्षेत्रलाई सहकार्यमा जुट्न पनि आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?