काठमाडौं । नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई पार्टी सदस्यसमेत नरहने गरी एक वर्षका लागि निष्कासन गरेको छ ।
पार्टीको केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले खनालमाथि कारबाही गर्दै बुधबार पत्र पठाएका हुन्। उनले लुम्बिनी प्रदेश समितिलाई औपचारिक रूपमा कारबाहीको जानकारी गराएका छन् ।
खनालमाथि २०७९ सालको संघ तथा प्रदेश सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोप लागेको छ । सोही आरोपमा कांग्रेस सांसद तथा उद्योगपति विनोद चौधरीले अनुशासन समितिमा उजुरी दिएका थिए ।
अनुशासन समितिका अनुसार सो उजुरीको आधारमा खनालसँग स्पष्टीकरण मागिएको थियो । तर उनले दिएको जवाफ चित्तबुझ्दो नदेखिएको भन्दै कारबाही गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया