काठमाडाैं । म्याग्दीकाे मालिका गाउँपालिका–३ लुप्सीपारमा आज दिउँसो आएको पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन् ।
स्थानीय ३५ वर्षीय जगेन्द्र विकको पहिरोमा पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए । विकका १३ वर्षीय छोरा सरोज विक भने अझै बेपत्ता छन् ।
घटना घरनजिकैको बारीको पाखामा घाँस काट्ने क्रममा पहिरो खसेर भएको बताइएको छ । बेपत्ताको खोजीका लागि जनप्रतिनिधि, स्थानीयवासी र इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक सोमढास ढकालको नेतृत्वमा सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ ।
स्थानीय प्रशासनले पहिरो प्रभावित क्षेत्रमा सचेत रहन आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया