विशेषले पायो नेपाल गुणस्तर चिह्न, अध्यक्ष कुँवरले गरे सार्वजनिक

लोकपथ
504
Shares

काठमाडौं । विशेष अदालतले नेपाल गुणस्तर चिह्न प्राप्त गरेको छ ।

आज एक कार्यक्रमकाबिच विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरले गुणस्तर चिह्न प्राप्त गरेको सार्वजनिक गरेका हुन् ।

नेपाल गुणस्तर तथा नापतौल विभाग बालाजुले विशेष अदालतलाई NS/ISO 9001 : 2015 प्रदान गरेको हो ।

अध्यक्ष कुँवरले उक्त कार्यक्रममा बोल्दै विशेष अदालतले आफू नेतृत्वमा आइसकेपछि गरेका काम र आगामी दिनको कार्यदिशाबारे समेत स्पष्ट पारे ।

०८० साल मंसिर १८ गते एउटा रोडम्याप लिएर आफू प्रवेश गरेको र सोही अनुसार कार्यसम्पादनमा सफल भएको बताए । ‘विशेष अदालत नेपालको संविधान, प्रचलित कानूनहरु र अन्तर्राष्ट्रिय सर्वोत्तम न्यायिक अभ्यासहरुको पालना गर्दैै निष्पक्ष, प्रभावकारी, समयमै र पारदर्शी न्याय प्रदान गर्न समर्पित छ । हामी सबै न्यायिक तथा प्रशासनिक प्रक्रियामा उच्चतम इमान्दारी, जवाफदेहीता र सार्वजनिक विश्वास एवं कायम राख्न प्रतिबद्ध छौँ,’ उनले भने ।

त्यस्तै आफू आएको आर्थिक वर्ष २०८०/०८१ मा मुद्दा फछ्र्यौटमा सफलता हासिल गरेको बताए । सो आर्थिक वर्षमा मुद्दाको कुल लगत ५७५ रहेको र फर्छौट गर्ने लक्ष्य ४४३ वटा राखेकोमा ५०६ वटा मुद्दा फछ्र्यौट भएको बताए । विशेष अदालत ऐन, २०५९ को दफा १६ बमोजिम ६ महिनाभित्र मुद्दाको कारबाही र किनारा गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । तर कानुनमा तोकिए अनुसार मुद्दा फैसला हुन नसकेकोमा पछिल्ला केही वर्षदेखि उक्त व्यवस्थाको पूर्ण परिपालना गर्दै मुद्दा दर्ता भएको ६ महिनाभित्र फैसला गर्न सफल भएको बताए ।

त्यसो त विशेष अदालतको इतिहासमा नै गत आर्थिक वषएमा ८८ प्रतिशत मुद्दा छिनेर रेकर्ड कायम राख्न सफल भएको समेत दाबी गरिएको छ ।

‘विशेष अदालतको इतिहासमै पहिलोपटक गत आवमा ८८ प्रतिशत अर्थात ५७५ थान मुद्दामध्ये ५०६ थान मुद्दा छिनेर रेकर्ड कायम गर्न सफल भएको छ । उक्त मध्ये १९९ थान मुद्दा २ वर्ष नाघि ६ वर्षसम्मका थिए,’ कुँवरले विवरण प्रस्तुत गर्दै भनेका छन्, ‘आजका दिनमा जम्मा ८२ थान मुद्दा बाँकी रहेका छन् तर ती कारबाहीको अवस्थामा छन् ।’

अदालतको दुवै इजलासमा भर्चुअल सुनुवाईका लागि प्रविधि जडान गरिएको तथा सबै जिल्लादेखि भर्चुअल बहस थुनछेक बयान र साक्षी बकपत्रको सुविधा उपलब्ध रहेको बताइएको छ ।

त्यसो त अघिल्लो आर्थिक वर्ष ०८०/०८१ मा विशेष अदालतले आफ्नो फैसलामार्फत् ८ खर्ब ४० अर्ब भन्दा बढी सरकारी सम्पत्ति हानी नोक्सानी हुनबाट रोकेको अध्यक्ष कुँवरले बताएका छन् ।

विशेष अदालतले प्राप्त गरेको सफलता साथसाथै चुनौतीहरु समेत रहेको उनले बताएका छन् ।

भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अनुरुप काम गर्दैगर्दा यदाकदा विशेष अदालतमा विचाराधीन मुद्दामा सेटिङ भएको भन्दै नकारात्मक सामग्री प्रशारण हुने गरेको र त्यसलाई चिरेर अघि बढ्नुपर्ने अवस्था रहेको बताए । त्यसको साथसाथै प्रयाप्त जनशक्तिको अभावमा फैसला लेखनमा ढिलाइ हुने गरेको उनको भनाइ रहेको छ ।

यसैगरी अध्यक्ष कुँवरले विशेष अदालतका विभिन्न कार्यदिशा समेत तोकका छन् । जसमा विशेष अदालतलाई स्मार्ट–बुटिक कोर्ट बनाउने, सूचना प्रविधिमा उच्चतम प्रयोग, अदालतलाई पेपरलेस बनाउने, मुद्दा दर्ता हुनासाथ स्क्यानिङ गरी डिजिटल फाइल बनाउने साथै प्राप्त गुणस्तरलाई कायम राख्ने लगायतका उदेश्य राखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?