जनकपुरधाम । धनुषामा चक्कु प्रहार गरी ससुराको हत्या गरेको आरोपमा फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका–१५ निवासी ६५ वर्षीय वासुदेवप्रसाद साहको हत्या गरेको आरोपमा उनका नाताका ज्वाईं ५५ वर्षीय बेचन महासेठलाई पक्राउ गरेको हो ।
महासेठ जनकपुरधाम उपमहानगरपालिका–२१ का स्थायी बासिन्दा हुन् । प्रहरीका अनुसार गत असार १८ गते पारिवारिक विवादका क्रममा रिसइबीले महासेठले आफ्नै ससुरा साहको पेटमा चक्कु प्रहार गरेका थिए । घटनापछि उनी फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले उनलाई जनकनन्दनी गाउँपालिकाको खजुरी रेल्वे स्टेशनबाट पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक नरहरी रेग्मीले जानकारी दिए ।
प्रहरीले घटनामा प्रयोग गरिएको स्टिलको चक्कु र अभियुक्तले प्रयोग गरेको मधेस प्रदेश ०२–००७ प. ९९३२ नम्बरको रातो–कालो रंगको होन्डा स्कुटर समेत बरामद गरेको जनाएको छ । हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया