स्पेनको जंगलमा भीषण आगलागी : १८ हजार मानिस घरमै थुनिए, ३ हजार हेक्टर जंगल नष्ट

लोकपथ
609
Shares

काठमाडौं । उत्तरपूर्वी स्पेनको क्याटालोनिया क्षेत्रमा भीषण जंगलको आगो नियन्त्रण बाहिर गएपछि तारागोना नजिकैका नौ नगरपालिका प्रभावित भएका छन् । आगलागीको कारण लगभग १८ हजार मानिसहरूलाई घरभित्रै रहन आदेश दिइएको छ ।

तीव्र गतिमा फैलिएको आगोले अहिलेसम्म ३ हजार हेक्टरभन्दा बढी जंगल जलेर नष्ट गरिसकेको स्थानीय अधिकारीहरूले जनाएका छन् । आगो निभाउन सयौं अग्निनियन्त्रकहरू तथा स्पेनको आपतकालीन सैन्य इकाई (UME) का सदस्यहरू परिचालन गरिएको छ ।

तर पहाडी तथा दुर्गम भूगोल र प्रतिकूल मौसमका कारण आगो नियन्त्रणमा कठिनाइ भइरहेको छ । हाल त्यहाँको तापक्रम करिब ३५ डिग्री सेल्सियस पुगेको छ भने प्रतिघण्टा ९० किलोमिटरभन्दा बढीको गतिमा हुरी चलिरहेको छ, जसले आगो अझै फैलिने सम्भावना बढाएको छ ।

अधिकारहरूका अनुसार आगलागीको कारण हालसम्म स्पष्ट भइसकेको छैन । यद्यपि अनुसन्धान सुरु गरिएको जनाइएको छ । स्थानीय बासिन्दाहरूलाई सतर्क रहन र आवश्यक परे तत्काल स्थानान्तरणको तयारी गर्न आग्रह गरिएको छ ।

स्पेन सरकारले प्रभावित क्षेत्रमा आपतकालीन सहायता पुर्‍याउने तयारी गरिरहेको छ भने अन्तर्राष्ट्रिय सहयोगको विकल्प पनि अध्ययन भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?