पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

लोकपथ
329
Shares
फाइल तस्बिर

काठमाडौं । पहिरोका कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । मंगलबार साँझदेखि परेको भारी वर्षाका कारण पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी वसन्त पाण्डेका अनुसार करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो ।

वर्षा नरोकिएकाले तत्काल सडक खुलाउन नसकिने बताउँदै उनले पानी रोकिएपछि पहिरो पन्छाइने जानकारी दिए । केही स्थानमा सडक पनि भासिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?