काठमाडौं । तराई केन्द्रित दलहरुको मोर्चा संघीय लोकतान्त्रिक मोर्चाले आगामी उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) को उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेको हो ।
आगामी कार्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा उपनिर्वाचन हुँदैछ । आज बसेको मोर्चाको बैठकले सो क्षेत्रमा नाउपाको उम्मेदवारलाई साझा उम्मेदवारको रुपमा राख्ने र सहयोग गर्ने निर्णय गरेको हो ।
आज तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेश चन्द्र लालको अध्यक्षतामा शंखमुलमा बैठक बसेको थियो ।
‘२०८२ कार्तिक १७ गते हुने रुपन्देही प्रतिनिधि सभा क्षेत्र नं ३ को उपचुनावमा संघीय लोकतान्त्रिक मोर्चाको तर्फबाट नागरिक उन्मुक्ति पार्टीको उम्मेदवारलाई साझा उम्मेदवारको रुपमा समर्थन गर्ने सर्वसम्मत निर्णय गरियो,’ जारी निर्णयमा भनिएको छ ।
त्यस्तै संविधान संशोधनको विषयमा छलफल र बहस गर्दै साझा धारणा निर्माण गर्न निर्णय समेत भएको छ । साथै संविधान संशोधनको मुद्दालाई केन्द्रमा राखेर गठन भएको गठबन्धन सरकारलाई संविधान संशोधनको विषयमा सरकारी धारणा तत्काल सार्वजनिक गर्न आग्रह गर्ने निर्णय भएको समेत बताइएको छ ।
‘संविधान संशोधने वा यससँग सम्बन्धित विषयहरुबारे पछि छलफल र बहस गर्दै साझा धारणा निर्माणतर्फ अगाडि बढ्ने र अहिलेको अप्राकृतिक सरकारी गठबन्धन गरिएको बाचा अनुसार संविधान संशोधनको सरकारी धारणा तत्काल सार्वजनिक गर्न आग्रह गर्ने निर्णय गरियो,’ जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया