काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भोटेकोशी र सुनकोशीमा पुनः बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
उत्तरी छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रको न्यालममा अहिले पनि वर्षा भइरहेको छ । चिनियाँ अधिकारीहरुबाट आज राति पनि वर्षा हुनसक्ने जानकारी आएकाले सतर्क रहन प्रशासनले भनेको हो ।
‘छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रको न्यालममा वर्षा भइरहेको र आज राति बढी वर्षा हुनसक्ने सम्भावना रहेको भनी चिनियाँ अधिकारीहरुबाट सूचना प्राप्त भएकाले भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा जोखिम हुनसक्ने भएकोले नदी आसपास क्षेत्रका बासिन्दाहरुमा सतर्कता अपनाउन र अरनिको राममार्ग (बन्देउदेखि लिपिङ) सवारी साधन चलाउँदा समेत सतर्कता अपनाउनु हुन यो सूचना प्रकाशित गरिएको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले विज्ञप्ति जारी गर्दै भनेका छन् ।
गएराति चीनमा भएको अविरल वर्षाका कारण भोटेकोशीमा आएको बाढीका कारण रसुवामा ठूलो धनजनको क्षति भएको छ ।
हालसम्म ७ जनाको शव फेला परेको छ भने १८ जना अझै हराइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया