काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको प्रदेश सभा बैठकमा नाउपाले समर्थन फिर्ता लिएको बताएको हो ।
मधेस प्रदेशमा नागरिक उन्मुक्तिबाट समानुपातिक सांसद उर्मिलादेवी सिंह छिन् । उनले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएकोबारे सदनलाई जानकारी गराएकी हुन् ।
मधेसमा जनमतका सतिशकुमार सिंह मुख्यमन्त्री छन् । केही समयअघि जनमत र नाउपाबीच पार्टी एकीकरण प्रक्रिया अघि बढेको भएपनि अन्तिम समयमा रोकिएको थियो ।
जनमुक्तिले केही दिनअघि सुदूरपश्चिम सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया