काठमाडौं । स्रोत नखुलेको १ करोड ४४ लाख रुपैयाँसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।
सोमबार राति बौद्धबाट प्रहरीले नगदसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार असार २३ गते राति अन्दाजी १० बजेको प्रहरीले छापा मारी स्रोत नखुलेको रकमसहित एक चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको हो ।
बौद्धको नयाँ बस्तीमा रहेको एक घरमा ठुलो मात्रामा अवैध रकमको कारोबार हुँदै छ भन्ने सूचना आएको र सूचनालाई पच्छ्याउँदै जाँदा जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त बौद्धको टोलीले नयाँ बस्तीको एक डेरा कोठामा खानतलासी गर्दा ठुलो परिमाणमा स्रोत नखुलेको रकम बरामद भएको हो ।
कोठामा खानतलासी गर्दा काठमाडौंको स्वयम्भूमा बस्ने पासपोर्ट नम्बर ईजी२२१६१७१ का ४० वर्षीय चिनियाँ नागरिक वाङ जियानलाई भेटिएको र कोठाबाट १ करोड ४४ लाख रुपैयाँ बरामद गरी आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया