काठमाडौं । चीनको स्वशासित भूमि तिब्बतबाट आज एकाबिहानै आएको बाढीमा फसेका ५० जनाको उद्धार गरिसकिएको छ ।
आज दिउँसो १२ बजे ५० मिनेट जाँदासम्म ५० पुरुष र ४ महिलाको उद्धार गरिसकिएको छ ।
पछिल्लो पटक १२ बजेर ५० मिनेट जाँदा रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेका १८ जनालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्धार टोलीले झोर्लुंगे पुलबाट हिँडाएर उद्धार गरेको सशस्त्र प्रहरी बलका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए । पछिल्लो पटक उद्धार गरिएकामा चिनिया नागरिक एक जना (पुरुष), नेपाली पुरुष–१५ जना र नेपाली महिला २ जना छन् ।
हालसम्म १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ९ नेपाली नागरिक, ६ चिनियाँ नागरिक र तीन जना प्रहरी रहेको प्रहरीले जनाएको छ ।
बेपत्ता हुने प्रहरीमा प्रहरी चौकी हाकु रसुवा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत रामेछापको लिखु तामाकोसी गाउँपालिका–४ का ४३ वर्षीय प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय पर्सा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत बाराको फेटा गाउँपालिका–१ बस्ने २४ वर्षीय प्रहरी जवान मुन्ना ठाकुर र प्रहरी चौकी लाङटाङ रसुवा दरबन्दी भई टिमुरे रसुवामा कार्यरत बझाङको बुंगल नगरपालिका–९ बस्ने २३ वर्षीय प्रहरी जवान लोकेन्द्र बोहोरा छन् ।
यसैगरी नेपाली नागरिक बर्दिया बस्ने ३६ वर्षीय जिपन चौधरी, ३५ वर्षीय सन्तोष दहित, २५ वर्षीय बुद्धिराम थारु, २४ वर्षीय लक्ष्मीनारायण थारु र ३० वर्षीय सुरेश थारु, बागलुङ बस्ने नरेन्द्र विक, सिन्धुपाल्चोकका कन्टेनर डिब्बा चालक फुर्वा लामा, वतन नखुलेका मिक्चर चालक गोविन्द मोक्तान र वतन नखुलेको हाइलक्स चालक लोकमान तामाङ छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया