चिकित्सकको आन्दोलनले वीर अस्पतालमा बिरामीको बिचल्ली 

लोकपथ
112
Shares

काठमाडौं । उपभोक्ता अदालतको फैसलाको विषयलाई लिएर चिकित्सकहरू आन्दोलनमा उत्रिँदा बिरामीहरू मारमा परेका छन् । 

सोमबारदेखि चिकित्सकहरूले इमर्जेन्सीबाहेकका सबै सेवा ठप्प पारी आन्दोलनमा होमिँदा वीर अस्पतालको ओपिडी सेवा नै बन्द भएपछि बिरामी बिचल्लीमा परेका हुन् । 

नियमित उपचार गर्न आउने बिरामीहरूले ओपिडी सेवा समेत पाउन नसकेको गुनासो गरेका छन् । बिरामीको रिपोर्टको आधारमा आवश्यक औषधि लेख्ने चिकित्सक नै ओपिडीमा नभेटिएपछि आफूहरू समस्यामा परेको उनीहरूको गुनासो छ । 

नेपाल चिकित्सक संघको नेतृत्वमा देशभरका चिकित्सकहरू आन्दोलनमा निस्किदा बिरामीहरू मारमा परेका हुन् । उपभोक्ता अदालतको फैसलाविरुद्ध उनीहरू सोमबारदेखि आन्दोलनमा छन् ।

अदालतले केही साताअघि अस्पताल र चिकित्सकविरुद्ध फैसला गरेको थियो । अदालतले तीन अस्पताल र चिकित्सकलाई क्षतिपूर्तिसम्बन्धी फैसला गरेको थियो । त्यो फैसलाले अहिले चिकित्सकहरू आन्दोलित भएका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?