रसुवा बाढीको क्षति समीक्षा गर्न केन्द्रिय सुरक्षा समिति र विपद् प्राधिकरणको बैठक बोलाइयो

लोकपथ
119
Shares
फाइल तस्बिर

काठमाडौं । रसुवामा आएको भीषण बाढीले पुर्‍याएको क्षतिको समीक्षा र आवश्यक कदमबारे निर्णय गर्न केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको आकस्मिक बैठक बस्ने भएको छ ।

दिउँसो १ बजे गृह मन्त्रालयमा बैठक बस्ने तय भएको छ । बैठकमा बाढीबाट भएको क्षतिको विस्तृत विवरण, उद्दार तथा राहत कार्यको समन्वय, पुनःस्थापना योजनाबारे छलफल हुने बताइएको छ ।

सोमबार राति आएको बाढीका कारण १८ जना बेपत्ता भएका छन् भने नेपाल विद्युत् प्राधिकरणका विभिन्न परियोजनाबाट उत्पादन हुँदै आएको करिब २ सय मेगावाट विद्युत् उत्पादन ठप्प भएको छ ।

रसुवागढी जलविद्युत् आयोजनाको बाँध क्षतिग्रस्त भएको र अन्य संरचनामा पनि ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । बैठकमा बाढी प्रभावित क्षेत्रको सुरक्षाका साथै संभावित जोखिम न्यूनीकरणका उपायबारे पनि निर्णय हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?