कांग्रेसको केन्द्रिय समिति बैठक अब प्रत्यक्ष प्रशारण हुने

लोकपथ
532
Shares

काठमाडौं । नेपाली कांग्रेसले आगामी दिनमा बस्ने केन्द्रिय समिति बैठकको प्रत्यक्ष प्रशारण गर्ने घोषणा गरेको छ ।

सोमबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा नेताहरुका जिज्ञासाको जवाफ दिँदै पार्टी सभापति शेरबहादुर देउवाले बैठक प्रत्यक्ष प्रशारण हुने स्पष्ट पारेका हुन् ।

‘यसको प्रत्यक्ष प्रशारण गर्न पाएको भए राम्रो हुने रहेछ,’ सभापति देउवाले भने, ‘यहाँ भएका सबै कुराहरु बाहिर गएर नेताहरु बोलिहाल्ने रहेछन् । अबदेखि प्रत्यक्ष प्रशारणको समझदारी लागू गर्ने हो ।’

उनका अनुसार बैठकमा भएका कुराहरु सञ्चारमाध्यमबाहिर जाने भएकाले भित्र सञ्चारकर्मीलाई नदिने वा दिने निर्णयको औचित्य नरहेको उल्लेख गर्दै सबै बैठक प्रत्यक्ष देखिने व्यवस्था मिलाइने छ ।

देउवाले सबै नेताहरू मिडियामा आफ्ना भनाइ पुर्‍याउने इच्छामा रहेको उल्लेख गर्दै प्रत्यक्ष प्रशारणले पारदर्शिता र जिम्मेवारी दुबै सुनिश्चित गर्ने विश्वास व्यक्त गरे ।

‘सबै साथीहरुलाई बोल्ने इच्छा छ, राम्रो बोल्छन् सबै । सबैलाई लाइभमै बोल्ने इक्षा पनि छ,’ उनले भने ।

यसअघि कांग्रेसको केन्द्रिय समिति बैठक पत्रकारलाई प्रवेश निषेध गरिँदै आइएको थियो । अब भने प्रत्यक्ष प्रशारणमार्फत सबैले बैठक अवलोकन गर्न पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?