काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार तथा राहत कार्यलाई तत्काल र प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेका छन् ।
आज सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै अध्यक्ष दाहालले नेपाल–चीन जोड्ने मितेरी पुलसहितका महत्त्वपूर्ण संरचनामा गम्भीर क्षति पुगेको उल्लेख गरेका छन् । उनले प्राकृतिक विपद्को यस विषम परिस्थितिमा सबै सरकारी संयन्त्रलाई उद्धार र राहतमा तुरुन्त सक्रिय गराउन माग गरेका हुन्।
दाहालले पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई प्रभावित क्षेत्रमा उद्धार र सहयोगमा खटिन निर्देशन दिँदै विपद् व्यवस्थापनमा एकजुट भएर जुट्न आग्रह गरेका छन्।
उनले मौसमविद्हरूले यस वर्ष औसतभन्दा बढी वर्षाको पूर्वानुमान गरेको उल्लेख गर्दै सरकारले उच्च सतर्कता अपनाउनुका साथै विपद् जोखिम न्यूनीकरणमा ठोस तयारी गर्नुपर्ने आवश्यकता रहेको स्पष्ट पारेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया