काठमाडौं । त्रिशूली नदीमा फसेका २ जनाको उद्धारका लागि हेलिकोप्टर पठाइएको छ । सोमबारदेखि नुवाकोटको बिदुर नगरपालिका–९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा आएको बाढीमा दुई जना फसेका हुन् ।
स्थानीय प्रशासनका अनुसार ती दुई जना सोमबार घाँस–दाउरा गर्न गएका बेला आएको आकस्मिक बाढीका कारण नदीको बीचभागमा रहेको रुखमा चढेर ज्यान जोगाइरहेका छन्।
बाढी आएको बेलादेखि नै उनीहरू रुखमा चढेर बसेका छन् । नदीको बहाव अझै उच्च रहेकाले तटीय भागमा पुग्न सकिएको छैन ।
फसेकाहरू एउटै परिवारका सदस्य रहेको जनाइएको छ । उद्धारको लागि थल तथा हवाई दुवै प्रयास भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया