काठमाडौं । आइतबार राति आएको भीषण वर्षासँगैको बाढीले रसुवास्थित नेपाल–चीन सीमा जोड्ने प्रमुख ‘मितेरी पुल’ बगाएको छ। भारी वर्षासँगै आएको लेदोमिश्रित बाढीले रसुवाको टिमुरे क्षेत्रमा पुलसँगै ठुलो क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
बाढीले रसुवागढी भन्सार नजिकको ड्राइपोटमा पार्क गरिएको मालवाहक गाडीहरू बगाएको र त्यसमध्ये धेरैजसो गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रारम्भिक जानकारी छ।
ड्राइपोट क्षेत्रमा काम गरिरहेका केही चालक तथा मजदुरहरू समेत बाढीमा परेका हुन सक्ने आशंका गरिएको छ। यद्यपि, हालसम्म मानवीय क्षतिको औपचारिक पुष्टि हुन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
पुल बगाएपछि रसुवा हुँदै चीनतर्फ सञ्चालन हुँदै आएको स्थलमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ । यसले गर्दा व्यापारिक गतिविधिमा ठुलो प्रभाव परेको छ भने सयौँ व्यापारीहरू बीचमै अलपत्र परेका छन्।
प्रहरीले घटनास्थलमा पुगेर उद्धार तथा क्षति मूल्याङ्कन कार्य तीव्र रूपमा अघि बढाइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया