खोरबाट उम्किएर सिंहले महिलामाथि आक्रमण गरेपछि…

लोकपथ
3.4k
Shares

काठमाडौं । पाकिस्तानको लाहोरमा पाल्तु सिंह खोरबाट बाहिरिएर मानिसहरुलाई आक्रमण गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

खोरबाट उम्किएको उक्त सिंहले एक महिला र उनका दुई बच्चामाथि आक्रमण गरेको थियो । तर अन्य व्यक्तिहरुले होहल्ला गरेपछि सिंह उठेर हिँड्यो ।

सार्वजनिक भिडियोमा सिंह एउटा घरको पर्खाल नाघेर बाहिर निस्कन्छ । र सडकमा हिडिँरहेकी ती महिलामाथि आक्रमण गर्न पुग्छ । लगत्तै उक्त सिंहको हेरचाह गर्ने मालिक बाहिर निस्कन्छन् र त्यसलाई नियन्त्रणमा लिने प्रयास गर्छन् ।

मालिक घरबाट निस्किएर महिलामाथि आक्रमण गरेको स्थानमा पुग्दा सिंह त्यहाँबाट भागेर केही पर पुगेर अन्य बालबालिकामाथि आक्रमण गर्न पुग्छ ।

उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले सिंहका मालिकलाई नियन्त्रणमा लिएको छ ।

लाहोरको एक फार्म हाउसभित्र रहेको उक्त सिंह हेरचान गर्ने व्यक्तिको आँखै अघि फुत्किएर भागेको थियो ।

सिंहको आक्रमणमा परी दुई ती महिलासहित उनका दुई बालबालिका घाइते भएका छन् । उनीहरुको हात र अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ ।

मानिसहरुलाई आक्रमण गरेपछि उक्त सिंह पुनः आफ्नो बासस्थान यानेकी फार्महाउसमै फर्किएको थियो । स्थानीयहरुले विरोध जनाएपछि उक्त सिंहलाई बन्यजन्तु आरक्षण केन्द्रमा छाडिएको छ ।

विश्वमा धनीमानी व्यक्तिहरुले शानका लागि सिंह, बाध लगायतका हिंश्रक जनावरहरु पाल्ने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?