२१ दिनदेखि रत्नपार्कमा सुनचाँदी व्यवसायीको रिले अनसन

लोकपथ
833
Shares

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समितिको रिले अनसन जारी रहेको छ । रत्नपार्कमा २१ दिनदेखि नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिको रिले अनसन जारी राखेको हो ।

उनीहरुले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर खारेज गर्न माग गर्दै आएका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनचाँदीमा विलासिता कर र १३ प्रतिशत भ्याट लगाउने बताएको छ । समितिले यसले व्यवसायीहरुलाई धेरै मर्का पर्ने बताएको छ ।

उनीहरुले कानुन बमोजिम नगद सरह सम्पत्तिको व्यवस्था कार्यान्वयन गर्न, हिरा जुवाहरत पत्थरमा लगाएको १३ प्रतिशत भ्याट खारेज गर्न, कोटा प्रणाली खारेज गरी २५,५० र १०० ग्रामका सुनका टुक्राहरु पान नम्बर र कर चुक्ताका आधारमा गहना उत्पादक तथा कालीगढ र आम व्यवसायीहरुले आफ्नै क्षेत्रमा सहज रुपमा खरिद गर्ने व्यवस्था गर्न माग गरेका छन् । उपभोक्ता, कर्मचारी, कालीगढ तथा व्यवसायीमैत्री ऐन कानुन निर्माण गर्न माग गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?