काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका छन् ।
सोमबार निर्मल निवासमा आफ्नो ७९औँ जन्मदिनको अवसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
पूर्वराजा शाहले अहिले बाढी, पहिरोको समय रहेको भन्दै यसबाट जोगिएर बस्न समेत आग्रह गरे ।
त्यस्तै उनले बर्खायामको समयमा पानीजन्य रोगहरु लाग्ने भन्दै त्यसबाट बच्न समेत आग्रह गरे ।
पूर्वराजा शाहले नेपालमा जन्मिएर मात्र नेपाली नहुने भन्दै नेपाल नै आफूभित्र समाहित हुनुपर्ने र मात्रै नेपालको माया जाग्ने बताए ।
उनले भने, ‘अहिले वर्षाको समय हो । बाढी पहिरोको जोखिम छ । पानीजन्य बिमारीहरु पनि हुन्छन् । सबै दाजुभाई, दिदिबहिनीहरु शतर्क रहनुस् । विचार गरेर बस्नुस्, मेरो आग्रह छ । यो समय नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो । हामी नेपालमा जन्मिएर मात्र नेपाली हुने होइन, नेपालै हामी भित्र हुनुपर्छ । अनि हामी नेपाली हुन्छौँ ।’

पूर्वराजा शाहले जन्मदिनको अवसरमा पूर्वराजा शाहलाई निर्मल निवासमा शुभकामना दिनेहरुको भीड देख्न सकिन्छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाल लगायत देशभरबाट आएका शुभेच्छुकहरु शाहलाई जन्मदिनको शुभकामना दिन निर्मल निवास पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया