कुनै खेल नहारिकन उपाधि जित्दा धेरै खुशी छौँ : विपिन शर्मा

लोकपथ
336
Shares

काठमाडौं । एसीसी पुरुष यू-१६ इस्ट जोन कप जितेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै टोली स्वदेश फर्किएको हो ।

शनिबार सम्पन्न खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । यसअघि नेपालले सन् २०१७, २०१९, २०२३ मा उपाधि जितेको थियो ।

स्वदेश फर्किएसँगै विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यू १६ का कप्तान विपिनप्रसाद शर्माले कुनै पनि खेल नहारिकन उपाधि जित्न पाउँदा खुशी लागेको बताए । उनले यसअघि नै धेरै खेल खेलिसकेको र त्यसले अनुभव बटुल्न मद्दत गरेको बताए । परिणामतः खेल जित्न सम्भव भएको बताए । 

यू १६ का प्रशिक्षक दीपेन्द्रबहादुर चन्दले नेपाली टिम राम्रो रहेको र धेरै टिमको जानकारी रहँदा आफूहरुलाई सहज भएको बताए । प्रत्येक खेललाई महत्त्वपूर्ण मानेर खेलेको बताए ।

नेपालले अझै पनि ब्याटिङ सुधार गर्नुपर्ने जरुरी रहेको बताए । साथै उनले फाइनलमा राम्रो खेल्नुपर्ने हुँदाहुँदै चुक्न पुगेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?