कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

लोकपथ
140
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो २ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

बैठकमा केन्द्रीय सदस्य र पूर्वपदाधिकारीले बोल्ने क्रम सकिएपछि पदाधिकारीले बोल्ने क्रम जारी छ ।

बाँकी पदाधिकारीले आजको बैठकमा बोलिसकेपछि बैठकमा पेस भएका प्रस्ताव निर्माणार्थ प्रस्तुत गरिने बताइएको छ । बैठकले क्रियाशील सदस्यता टुंगो लगाउने, भ्रातृ संस्थाहरूको अधिवेशन लगायतका विषयमा निर्णय गर्नुका साथै समसमायिक विषयमा पनि निर्णय गर्ने जनाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?