नाला–भक्तपुर सडकखण्ड पुनः अवरुद्ध

लोकपथ
336
Shares

काठमाडौं । छ वटा ठूला ह्युमपाइप राखेर अस्थायी रूपमा सञ्चालनमा ल्याइएको नाला–भक्तपुर सडकखण्ड पुनः अवरुद्ध भएको छ। आइतबार साँझदेखि लगातार परेको वर्षाले ह्युमपाइपमाथिको माटो बगाएपछि सडक पूर्ण रूपमा बन्द भएको हो ।

इलाका प्रहरी कार्यालय बनेपाका अनुसार, शुक्रबार राति पुण्यमाता खोलामाथि फलामको अस्थायी पुल भत्किएपछि आइतबार बिहान सडक विभाग र बनेपा नगरपालिकाको पहलमा छ वटा ह्युमपाइप राखेर वैकल्पिक सडक सञ्चालनमा ल्याइएको थियो। तर सोही दिन साँझबाट परेको वर्षाले माटो बगाउँदा पुनः सडक सञ्चालन असम्भव बनेको हो।

उक्त सडक अरनिको राजमार्गको धुलिखेल–सूर्यविनायक खण्डको वैकल्पिक मार्गसमेत रहेकोले सडक बन्द हुँदा स्थानीय बासिन्दा र सवारी चालकहरूलाई अत्यधिक समस्या परेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?