नेपाल पोल्ट्री तथा लाइभस्टक अन्तर्राष्ट्रिय प्रदर्शनी सम्पन्न

 चितवन, २० कात्तिक – नेपालमा पहिलो पटक आयोजना गरिएको नेपाल पोल्ट्री तथा लाइभस्टक अन्तर्राष्ट्रिय प्रदर्शनी आइतबार सकिएको छ राष्ट्रिय योजना आयोगका सदस्य डा प्रभु बुढाथोकीले एक कार्यक्रमकाबीच प्रदर्शनीको समापन गरेका हुन सो अवसरमा डा बुढाथोकीले अबको समय स्वच्छ मासु उत्पादनको रहेको बताउँदै उत्पादनसँगै गुणस्तरलाई पनि ख्याल गर्नुपर्ने आजको आवश्यकता रहेको बताए विदेशमा नेपालको जिन लगेर अत्याधुनिक प्रविधिबाट उच्चस्तरका चल्ला निकाल्ने गरेको बताउँदै बुढाथोकीले यसलाई नेपालमै गर्नसके उत्पादनमा अझै वृद्धि गर्न सकिने बताए प्रदर्शनीमा स्वदेश र विदेशका गरी १७० वटा कक्ष रहेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख मुना श्रेष्ठ, पोल्ट्री महासंघका उपाध्यक्ष टीकाराम पोख्रेललगायतले पोल्ट्री क्षेत्रमा राज्यले अपेक्षाकृत सहयोग गर्न नसकेको जानकारी दिए । तीन दिनअघि शुरु भएको प्रदर्शनीमा स्वदेशी र विदेशी विज्ञले छ वटा कार्यपत्र प्रस्तुत गरेका थिए प्रदर्शनी नेपालको पोल्ट्री व्यवसायका लागि कोशेढुंगा सावित भएको सहभागीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?