काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) केन्द्र सरकारबाट बाहिरिने भएको छ ।
नाउपाबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनेका अरुण चौधरीले आज राजीनामा दिन लागेका हुन् ।
उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिने तयारी गरेका छन् ।
प्रधानमन्त्री ओली आज जुम्ला रहेका छन् । ओली जुम्लाबाट फर्किएपछि आजै राजीनामा बुझाउने पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले बताइन् ।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशका वनमन्त्री रामेश्वर चौधरीलाई असार १९ गते बर्खास्त गरे । त्यसपछि चिडिएको नाउपाले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ । आर्थिक अनियमिततामा जोडिएको भन्दै मुख्यमन्त्री शाहले चौधरीलाई बर्खास्त गरेका हुन् । त्यसअघि शाहले चौधरीलाई राजीनामा दिन भनेका थिए, तर चौधरीले राजीनामा दिन अटेर गरेपछि मुख्यमन्त्रीले हटाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया