एकीकृत समाजवादीको सचिवालय बैठक : झाँक्रीबारे के होला निर्णय ?

लोकपथ
525
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल जारी रहेको हो ।

यसअघि बिहीबार पनि पार्टी सचिवालय बैठक राखिएको थियो । तर विशेष कारण देखाएर स्थगित गरिएको बैठक विभिन्न एजेण्डासहित आज पुनः बसेको हो ।

आजको बैठकमा पतन्जली जग्गा प्रकरणबारे अध्यक्ष माधवकुमार नेपालमाथि भइरहेको अनुसन्धान, पार्टीको आगामी गतिविधि लगायतका विषयमा छलफल हुने छ । त्यस्तै पार्टी नेतृ रामकुमारी झाँक्रीको अभिव्यक्तिबारे समेत निर्णय हुनसक्ने बताइएको छ ।

झाँक्रीले केही समय अघि पार्टी नेतृत्वमाथि कडा रुपमा आलोचना गरेकी थिइन् । त्यसो त यसअघि बिहीबारको बैठकमा नै उपस्थित भएकी थिइन् ।

आजको बैठकमा त्यसबारे छलफल, समीक्षा र कारबाहीसम्मका गतिविधि हुनसक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?