भोजपुरमा ज्वाइँले गरे सासु-ससुरा, श्रीमती र सालोको हत्या

लोकपथ
2k
Shares

काठमाडौं । भोजपुर नगरपालिका–२ मा एकै परिवारका चार सदस्यको हत्या भएको छ। रामप्रसाद राईले सासु, ससुरा, श्रीमती र सालोलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन्।

हत्या गरेपछि राई आफैँले गएराति सवा १ बजे प्रहरी कन्ट्रोल रुममा फोन गरी जानकारी दिएका थिए।

प्रहरी पुगेपछि ६८ वर्षीय बेलबहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, छोरी मनिषा गिरी र छोरा सपन गिरीको शव फेला परेको थियो ।

अभियुक्त राई प्रहरीको नियन्त्रणमा छन् । उनको पेटमा पनि चोट लागेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?