काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (आइतबार) हुम्ला जाँदैछन् । खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ मा बनेको बेली ब्रिज उद्घाटन गर्न आज प्रधानमन्त्री ओली हुम्ला जान लागेका हुन्।
कर्णाली कोरिडोरीअन्तर्गत् चुवाखोलामा निर्मित उक्त पुल प्रधानमन्त्री ओलीले आज बिहान १० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री ओलीसँग भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल पनि सँगै हुम्ला जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले पुलको उद्घाटन गरेपछि हुम्ला सदरमुकाम औपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया