काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो वर्ष ०८४ लाई नेपाली क्रान्तिको नयाँ चरणको रुपमा अघि बढाउने दाबी गरेका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पर्सा–काठमाडौं सम्पर्क समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ०८४ बाट मुलुकलाई परिवर्तनको नयाँ दिशातर्फ डोहोर्याउने बताएका हुन् ।
उनले महिला, उत्पीडित, आदिवासी, जनजाति लगायत सबै वर्गको मुक्तिका लागि उठाइने क्रान्तिको झण्डा सफल बनाउन सबैलाई सक्रिय हुन आग्रह गरे । जनयुद्धको समयमा गीत, संगीत र नृत्यले जनमानसमा पुर्याएको प्रभाव उल्लेख गर्दै उनले भने, ‘भाषण, दर्शन र सिद्धान्तको व्याख्याभन्दा पनि गीत, संगीत र नृत्यहरुले जनयुद्धमा ठूलो भूमिका खेलेका थिए । आगामी निर्वाचनमा पनि यही माध्यम निर्णायक बन्नेछ ।’
अध्यक्ष प्रचण्डले पर्साबाट माओवादी केन्द्रको विजय यात्रा सुरु भएको दाबी गर्दै पार्टीलाई आगामी निर्वाचनमा जिताउने संकल्प व्यक्त गरे ।
‘आउँदै गरेको ०८४ लाई हामीले नेपाली क्रान्तिको नयाँ चरणमा प्रवेश गराउनेछौँ भन्ने दृढ विश्वास छ,’उनले भने, ‘मलाई विश्वास छ, तपाईंहरु सबै कमरेडले पनि आफ्नो भूमिका पूरा गर्नुहुनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया