विद्युत् ठेक्का विवादमा सांसद डम्बर तामाङसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी

लोकपथ
11.7k
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको ठेक्का विवादमा बागमती प्रदेशसभा सदस्य डम्बर तामाङसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

सहन इन्जिनियरिङ कन्सर्न प्रालिका अध्यक्ष सन्तकुमार गुरुङको जाहेरीमा ललितपुर जिल्ला अदालतले तामाङसहितका ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हाे ।

चिलिमे–त्रिशुली २२० केभी सव–स्टेशन निर्माणको ठेक्कामा आफ्नो कम्पनी ‘प्रो–सोलुसन्स’ मार्फत अनियमितता गरेको आरोपमा तामाङमाथि आपराधिक विश्वासघातको मुद्दा दायर गरिएको हो। तामाङ पूर्वमन्त्री तथा कुलमान घिसिङका काका ससुरा हुन् ।

पक्राउ पुर्जी जारी हुने अन्यमा प्रोसोलुसन्सका संस्थापक सन्तोष पौडेल, संचिता श्रेष्ठ, राजेन्द्र अवस्थी, सरोज शाही र दिनेशकुमार यादव छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?