नेपाललाई एसीसी यू–१६ इस्ट जोन कपको उपाधि

लोकपथ
1.7k
Shares

काठमाडौं । नेपालले एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । मलेसियामा शनिबार भएको रोमाञ्चक फाइनलमा सिंगापुरलाई २ विकेटले पराजित गर्दै नेपालले उपाधि उचालेको हो ।

११४ रनको लक्ष्य पछ्याउँदै नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै जित हात पारेको हो। नेपालका जोय थापा २४ रनमा अविजित रही जितमा महत्वपूर्ण भूमिका खेले। नेपालले ९२ रनमै ८ विकेट गुमाएपछि दबाबमा परेको अवस्थामा थापाले संयमित ब्याटिङ गर्दै टोलीलाई जितसम्म पुर्‍याएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४० ओभर ५ बलमा ११३ रन बनाउँदै अलआउट भएको थियो । त्यसमा लागि रोहन अस्टिन अरुणले सर्वाधिक २३ रन बनाए ।

नेपालको तर्फबाट अभय यादव र सुशील बहादुर रावलले समान ३–३ विकेट लिए । कप्तान विपिन शर्माले १ तथा शुभम खनालले २ विकेट हात पारे । नेपालको यो जितसँगै युवा क्रिकेटमा उसको पकड बलियो हुँदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?