नेशनल म्युजिक अवार्ड्स ८ को नोमिनेशन सार्वजनिक, असार २८ गते गोदावरीमा अवार्ड समारोह

लोकपथ
280
Shares

काठमाडौं । रेडियो कान्तिपुरले आयोजना गर्दै आएको प्रतिष्ठित नेशनल म्युजिक अवार्ड्सको आठौँ संस्करणअन्तर्गत विभिन्न विधामा मनोनयनमा परेका कलाकार र सिर्जनाहरुको सूची सार्वजनिक भएको छ ।

यसपटक अवार्ड १४ विधामा प्रदान गरिनेछ भने हिपहप र आरएनबी संगीतका लागि छुट्टै विधा थप गरिएको छ । हरेक विधामा पाँच जना कलाकार, स्रष्टा वा सिर्जनालाई मनोनयनमा राखिएको रेडियो कान्तिपुरले जनाएको छ ।

कुम सागर र सुशान्त केसीले यसपटक सबैभन्दा बढी -दुई–दुई विधामा मनोनयनमा पर्न सफल भएका छन् । अवार्ड समारोह असार २८ गते ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आयोजना हुँदैछ ।

कार्यक्रममा युवा पुस्ताका चर्चित १० कलाकारले एउटै मञ्चमा प्रस्तुति दिनेछन् । गायकहरू कुम सागर, दुर्गेश थापा, स्वप्न सुमन, सुशान्त घिमिरे, वाङ्देन शेर्पा, अस्मिता अधिकारी, एलिना चौहान, पशुपति शर्मा र कार्टुन क्रुजको प्रस्तुति रहनेछ ।

त्यस्तै, कलाकार सुन्दर खनाल र सुजिता श्रेष्ठले पनि विशेष प्रस्तुति दिनेछन् । कार्यक्रममा दीर्घ साधना सम्मान (लाइफटाइम अचिभमेन्ट अवार्ड) प्रदान गरिनेछ, जसअन्तर्गत नेपाली संगीत क्षेत्रमा दीर्घकालीन योगदान दिएका विशिष्ट व्यक्तित्वलाई सम्मान गरिने रेडियो कान्तिपुरले जनाएको छ ।

यस्तो छ नोमिनेशको सूची 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?