कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस, महेन्द्रनगरमा साउन १४ गते स्ववियू (स्ववियु) निर्वाचन हुने भएको छ ।
विश्वविद्यालयले दुईपटक मिति तोकेर पनि स्थगित भएको निर्वाचन यसपटक तोकिएको मितिमा हुने जानकारी दिएको छ ।
विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टका अनुसार केन्द्रीय क्याम्पसमा साउन १४ गते स्ववियू निर्वाचन गर्ने निर्णय गरिएको हो। साथै, भर्ना हुन बाँकी सबै निकायमा असार ३० गतेभित्र भर्ना सम्पन्न गराउने निर्णय पनि गरिएको छ ।
यसअघि तोकिएको मितिमा निर्वाचन अन्तिम समयमा रोकिँदै आएको थियो। तर, यसपटक भने तयारीलाई तीव्रता दिइएको विष्टले जानकारी दिए ।
स्ववियू निर्वाचन लामो समयपछि हुन लागेको हो, जसले विद्यार्थी नेतृत्व चयनको प्रक्रिया पुनः सञ्चालनमा ल्याउने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया