काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमण सकेर आज स्वदेश फर्किएका छन्।
संयुक्त राष्ट्रसंघको आयोजनामा स्पेनको सेभिया शहरमा सम्पन्न ‘विकासका लागि वित्त’ (Financing for Development) विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली गत असार १४ गते त्यसतर्फ प्रस्थान गरेका थिए।
सम्मेलनमा सहभागी हुनुका साथै उनले विभिन्न उच्चस्तरीय भेटघाटहरू पनि सम्पन्न गरेका थिए। सबै कार्यक्रमहरू सकेर प्रधानमन्त्री ओली कतार एयरवेजमार्फत दोहा हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
प्रधानमन्त्रीको भ्रमण टोलीमा कुल २१ जना सहभागी थिए। प्रधानमन्त्री ओलीसँगै गएका टोलीका अन्य सदस्यहरू पनि एकसाथै स्वदेश फर्किएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया