काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा छलफल भइरहेको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) विधेयकबारे अर्थमन्त्री विष्णुप्रसाद पौडेलले छिटोभन्दा छिटो निष्कर्षमा पुग्न आग्रह गरेका छन् ।
शुक्रबार संसदको अर्थ समितिको बैठकमा मन्त्री पौडेलले बाफियासम्बन्धी विधेयकको विषयमा आवश्यक छलफल गर्दै यथासिघ्र निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए ।
‘छिटो भन्दा त्यसको अर्थ छलफल नगरी पास गर्ने होइन,’ उनले भने, ‘सम्बन्धित विषयले जुन तहसम्मको छलफलको आवश्यकता देखिन्छ, त्यो तहसम्मको छलफल गरौं, तर अनावश्यक ढिलाइ नगरौं ।’
उनले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबाट समितिलाई आवश्यक पर्ने सबै जानकारी उपलब्ध गराउने प्रतिबद्धता पनि जनाए ।
अर्थमन्त्री पौडेलले बाफियामा उल्लेख्य स्वामित्व भएका व्यक्तिलाई ऋण नपाउने व्यवस्था नहुने धारणा देखिएको भन्दै यस विषयमा आवश्यक छलफल गरी निष्कर्षमा पुग्नुपर्ने बताए ।
त्यससँगै उनले बैंकिङ प्रणालीलाई डिजिटलाइजेसनतर्फ अघि बढाउनुपर्ने आवश्यकता पनि औँल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया