काठमाडाैं । रास्वपाको ‘प्रतिशोधविरुद्धको हस्ताक्षर’ अभियानमा समर्थन जनाउँदै हस्ताक्षर गरेका ट्राफिक सई कमल खड्कालाई प्रहरी प्रधान कार्यालयले काठमाडौं तानेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके दरबन्दी भएका सई खड्का प्रधान कार्यालय तानिएका हुन् ।
नेपालगञ्जमा ड्युटीकै क्रममा खड्काले रास्वपाद्वारा सञ्चालित ‘प्रतिशोधविरुद्धको हस्ताक्षर संकलन’ कार्यक्रममा हस्ताक्षर गरेपछि सोधपुछका लागि काठमाडौं बोलाइएको हो । ‘रास्वपाले सभापति रवि लामिछानेको पक्षमा माहोल खडा गर्न ‘प्रतिशोधविरुद्धको हस्ताक्षर संकलन’ कार्यक्रम सञ्चालन गरिरहेको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार उनले प्रहरी आचारविरुद्ध गम्भीर काम गरेका कारण आवश्यक सोधपुछका निम्ति काठमाडौं बोलाइएको हो ।
प्रहरी ऐनले सुरक्षाकर्मीलाई राजनीतिक गतिविधिमा संलग्न हुन निषेध गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया