काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
ललितपुरको गोदावरी नगरपालिका–१४, बाँडेगाउँ बस्ने ३३ वर्षीय गुञ्जन राईलाई साइबर अपराधमा संलग्न रहेको आरोपमा बिहीबार पक्राउ गरिएको हो। उनी चितवनको भरतपुर महानगरपालिका–१० का स्थायी बासिन्दा हुन्।
साइबर ब्यूरोका अनुसार राईले फेसबुकमा पीडितको तस्वीर र भिडियोसहित विभिन्न स्टाटस पोस्ट गरेका थिए, जसमा चरित्र हत्या हुने खालका टिप्पणीहरू पनि रहेका थिए। पीडितको उजुरीपछि खटिएको प्रहरी टोलीले उनलाई ललितपुरस्थित बाँडेगाउँबाट पक्राउ गरेको हो।
उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट तीन दिनको म्याद थप अनुमति लिइएको छ। हाल यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया