काठमाडौं । पूर्वमन्त्री बद्री न्यौपानेविरुद्धको भ्रष्टाचार मुद्दामा शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीश बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको हो ।
अख्तियारको मुद्दामा विशेष अदालतले न्यौपानेलाई ९ वर्ष कैद, दुई करोड ४३ लाखभन्दा बढी जरिवाना र बिगो असुल गर्ने फैसला गरेको थियो ।
महिला, बालबालिका तथा समाजकल्याण मन्त्री हुँदा उनले भृकुटीमण्डपको फनपार्क सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको आरोप थियो ।
साथै, पूर्वमन्त्री टेकबहादुर गुरुङ, प्रमोद मेहता, कुञ्जबिहारी चौधरीलगायतमाथि पनि मुद्दा दायर भएको थियो । विशेष अदालतको फैसलाविरुद्ध दुवै पक्ष सर्वोच्च पुगेका हुन् । आज पहिलोपटक मुद्दाको सुनुवाइ हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया