काठमाडौं । नेकपा (एमाले) का सांसद भीमप्रसाद आचार्यले देशमा आवश्यक कानूनहरू फास्ट ट्रयाक प्रक्रियामार्फत पारित गर्नुपर्ने बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले संसदमा दर्ता भइसकेका विधेयकहरू चालु अधिवेशनमै पारित गर्नुपर्ने धारणा राखे ।
उनले विगतका वर्षहरूमा महत्वपूर्ण विधेयकहरू अलपत्र परेको भन्दै अब ढिलो नगरी प्रक्रिया टुंग्याउन जोड दिए । ‘जति पनि विधेयक ल्याउँछौं भनेका छौं, त्यो नीति कार्यक्रम, बजेट, अन्यत्र उल्लेख भएअनुसार यही अधिवेशनमै पास गरौं भन्ने हो,’सांसद आचार्यले भने, ‘यदि कुनै कारणवश पारित गर्न नसकिने अवस्था आयो भने अध्यादेशमार्फत भए पनि अघि बढाउनुपर्छ । वर्षौंसम्म कानूनविहीन ढंगले मुलुकलाई बन्धक बनाउन सकिँदैन, मिल्दैन ।’
उनले कानूनी व्यवस्था पूर्ण रूपमा स्पष्ट र गुणस्तरीय हुनुपर्नेमा पनि जोड दिए । तर, छिटो गर्ने नाममा पर्याप्त छलफल बिना विधेयक अघि बढाउनु गलत हुने उनले स्पष्ट पारे ।
सांसद आचार्यको भनाइले सरकारले प्राथमिकतामा राखेका विधेयकहरूबारे संसदमा देखिएको ढिलासुस्तीप्रति असन्तोष व्यक्त गर्दै वैकल्पिक मार्ग अपनाउन सकिने संकेत दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया